६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेमोनिक र बुद्ध एकेडेमीबीच उपाधि भिडन्त

नेमोनिक र बुद्ध एकेडेमी पाँचौं बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले युरोलाई ६८-ले हरायो। नेमोनिकको जितमा प्रवेश तामाङले ३८ अंक योगदान गरे।

निरन लामाको १७ अंक सहयोगमा बुद्धले प्रिमियरललाई ५३-४२ ले हरायो। गर्ल्समा निस्ट र डाफोडिलले उपाधि भिडन्त पक्का गरे। निस्टले आयोजक बिआइएसमाथि ३०-२९ को कठिन जित दर्ता गर्‍यो। निस्टकी पूर्णिमा बरालले १६ अंक जोडिन्। डाफोडिलले द चाँदबाग स्कुललाई २७-२४ को साँघुरो अन्तरले पाखा लगायो। विजेताकी दावाफुटी शेर्पाले १० स्कोर गरिन्।

प्रकाशित: २ भाद्र २०७९ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App