२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

महिला साफको सहज समूहमा नेपाल

आफ्नै घरेलु मैदानमा भदौ २१ गतेबाट हुने साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा नेपाल सहज समूहमा परेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार गरेको समूह विभाजनमा नेपालले आफ्नो समूह ‘बी’ मा श्रीलंका र भुटानलाई प्रस्पिर्धीका रूपमा पाएको हो। समूह ‘ए’ मा साबिकको विजेता भारतसहित बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्। फिफाबाट निलम्बन फुकुवा भएसँगै साफले पाकिस्तानलाई प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको थियो। त्यसका लागि साफले पूर्वनिर्धारित खेलतालिका नै परिवर्तन गर्‍यो। समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको पाँचौं संस्करण पनि नेपालले आयोजना गरेको थियो। सन् २०१९ मा विराटनगरमा सम्पन्न फाइनलमा नेपालले भारतलाई नतिजा सुम्पिएको थियो। कोभिड–१९ महामारीका कारण प्रतियोगिताको छैटौं संस्करण आयोजना हुन सकेको थिएन। साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण भदौ २१ देखी असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। गत महिना बंगलादेशमा बसेको साफको बैठकले नेपाललाई प्रतियोगिता आयोजनाको अधिकार दिएको थियो।

प्रतियोगिताका लागि कुमार थापाको प्रशिक्षणमा ५८ सदस्यीय नेपालको प्रारम्भिक टोलीले केही दिन अघि नै प्रशिक्षण सुरु गरिसकेको छ। नेपालले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन। भारतले पाँच वटै संस्करणमा उपाधि जितेको छ। यस क्रममा नेपालले भारतलाई चार संस्करणको फाइनलमा नतिजा सुम्पिएको छ। एउटा संस्करणको फाइनलमा भने भारतले बंगलादेशलाई हराएको थियो।  

प्रकाशित: १५ श्रावण २०७९ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App