२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

बायर्नमा माने सार्वजनिक

सेनेगलका फरवार्ड साडियो मानेले जर्मन क्लब बायर्न म्युनिखमा तीन वर्षे सम्झौता गरेका छन्।

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका भर पर्दा खेलाडीलाई लामो कसरतपछि जर्मन क्लब बायर्न म्युनिखले बुधबार सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रममा मानेले क्लबसँग २०२५ सम्मका लागि सम्झौता गरेका छन्। जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले लामो अन्तरसंवाद र कसरतपश्चात् बुधबार साडियो मानेसँगको अनुबन्धन प्रक्रिया पूरा गरेको हो।

जर्मन क्लबमा अनुबन्धित भए पनि मानेले आफूले एन्फिल्ड छोडे पनि सधैँ लिभरपुलको समर्थक रहिरहने प्रतिक्रिया दिए। ‘म बायर्नमा आउँदा निकै खुुसी छ। मलाई बायर्नले मात्र नभई अन्य ठूला क्लबले समेत अनुबन्धन गर्ने इच्छा व्यक्त गरेका थिए। मैले बायर्न नै रोजें। म नयाँ चुनौतीको सामना गर्न तयार छु,’ लिभरपुलका पूर्वफरवार्ड मानेले भने, ‘साल्जबर्गमा हुँदाका समयदेखि नै बायर्नलाई नियाल्ने गरेको थिएँ। मलाई यो क्लब निकै मन पर्छ। तर म बायर्न आएँ भन्दैमा लिभरपुलको खेल हेर्न छुटाउँदिनँ। म सधैँ लिभरपुलको नम्बर एक समर्थक हुँ। लिभरपुल पनि उत्तिकै मनमा छ।’

मानेले लिभरपुलमा आफ्नो अन्तिम सिजनमा इङ्लिस लिग कप र एफए कपको उपाधि जितेका थिए। उनको प्रभावशाली प्रदर्शनमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो। सम्पन्न सिजनको प्रिमियर लिगमा मानेको टोली उपविजेता बनेको थियो।

सिजनको अन्त्यसँगै जर्मन क्लबले मानेलाई अनुबन्धित गर्ने प्रयास गरेको थियो। लामो प्रयासपछि बायर्नले मानेलाई अनुबन्ध गर्न सफल भएको हो। तीन वर्षका लागि अनुबन्धित मानेलाई बायर्नले ३५ मिलियन युरो खर्चिएको बताइएको छ। २०१४ मा प्रिमियर लिग क्लब साउथह्याम्पटनबाट इङ्लिस फुटबल खेलेका माने सन् २०१६ मा लिभरपुलमा अनुबन्धित भएका थिए। ६ वर्ष लिभरपुलमा बिताएका मानेले क्लबलाई ६ वटा उपाधि दिलाएका छन्। 

प्रकाशित: १० असार २०७९ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App