१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल आइपुग्यो श्रीलंकन क्लब

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग एएफसी कप छनोट–२०२२ को प्ले अफ खेल्न श्रीलंकन फुटबल क्लब ब्लु स्टार बिहीबार नेपाल आइपुगेको छ।

एएफसी कप छनोट–२०२२ को प्लेअफअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न ब्लु स्टार टोली नेपाल आइपुगेको हो। नेपाल भ्रमण गरेको ब्लु स्टारले आगामी मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रसँग प्रतिस्पर्धा गर्दै छ। उक्त दिन हुने खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ, जुन खेल अप्रिल १२ मा हुनेछ। मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मच्छिन्द्रले छनोटको मौका गुमाएको थियो।

मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणको खेलमा शीर्ष स्थानमा रहँदै एएफसी कप छनोटको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्न लागेको हो। अघिल्लो पटक मच्छिन्द्रको स्थानमा उपविजेता बनेको आर्मीले एएफसी लाइसेन्स प्राप्त गर्दै एएफसी कप खेलेको थियो। यस पटक भने मच्छिन्द्रले एएफसी लाइसेन्स प्राप्त गरिसकेको छ।

प्रकाशित: १८ चैत्र २०७८ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App