२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

अरनिको र कोसी उपाधिका लागि भिड्दै

विराटनगरमा जारी ९ औं हिसान स्पोर्ट्स मिटको फाइनलमा कोसी क्याम्पस पुगेको छ।  

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा कोसी क्याम्पसले शिक्षादीप कलेजलाई २९ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो। कोसीले उपाधि जितका लागि शुक्रबार अरनिको कलेजसँग प्रतिस्पर्धा गर्ने छ।

टस जितेर पहिले ब्याटिङ थालेको कोसीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पार्यो। रोहन विकले ५९, नितेश यादवले १९ रनको व्यक्तिगत स्कोर बनाए। शिक्षादीपका  रविन राजवंशीले २, रामरिजन यादव र सुरज यादवले समान १–१ विकेट लिए।

१ सय १४ रनको विजयी लक्ष्य पाएको शिक्षादीपले १८ ओभर ३ बलमा सबै विकेटको गुमाउँदै ८४ रनमै सीमित भयो। नितेश देवले १९, कृष्ण चौधरीले १७ र सोमराज गणेशले १३ रनको व्यक्तिगत स्कोर बनाए। कोसीका विकास दास र अमित रायले २–२ विकेट लिए। खेलको म्यान अफ द म्याच कोसीका रोहन विक भए।

प्रकाशित: २९ पुस २०७८ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App