२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

गोँधुली कपमा वडा १६ र १४ विजयी

धरानमा जारी वडास्तरीय २२ औं गोँधुली टुबोर्ग रनिङ कपमा वडा नं १६ र १४ विजयी भएका छन्। धरान १६ स्थित रंगशालामा सोमबार भएको पहिलो खेलमा वडा नं १२ लाई ४–० गोलअन्तरले हराउदै वडा १६ विजयी भएको हो।

वडा १६ को जितमा सरोज लकान्द्रीले ह्याट्रिक गरे । प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो। उनले पहिलो हाफको २५ औं, दोस्रो हाफको ५९ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए। थप एक गोल मनिष बस्नेतले ७० औं मिनेटमा गरेका थिए। उक्त खेलको म्यान अफ दि म्याच ह्याट्रिक गर्ने सरोज घोषित भए। उनले नगद १५ सय हात पारे।

यस्तै, दोस्रो खेलमा वडा नं १ लाई ३–० गोलअन्तरले हराउँदै वडा नं १४ विजयी भएको छ। वडा १४ को जितमा विटु तामाङले ७ औं मिनेटमा गोलको खाता खोलेका थिए भने विपिन श्रेष्ठले २ गोल गरे। विपिनले खेलको ८४ औं र ८८ औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच वडा नं १४ को सन्दिप राई घोषित भए।

प्रतियोगितामा मंगलबारको पहिलो खेल वडा नं १३ र २ बीच दिनको १ बजे हुनेछ भने दोस्रो खेल वडा नं १८ र वडा ५ बीच दिउँसो ३ बजे हुनेछ।

प्रकाशित: २६ पुस २०७८ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App