२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराट कोहलीकी १० महिने छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्ति पक्राउ

टी२० विश्वकप क्रिकेटमा भारतीय टोलीले राम्ररी खेल्न नसकेपछि अनलाइन माध्यममा कप्तान विराट कोहलीकी सानी छोरीको बलात्कार गर्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। उक्त व्यक्तिलाई प्रहरीले बुधवार दक्षिण भारतको हैदराबाद सहरबाट पक्राउ गरेको छ।

एउटा बेनामे ह्यान्डलबाट कोहलीकी छोरीको बलात्कार गर्ने धम्की दिइएको उजुरी उनका प्रबन्धकले प्रहरीमा दिएका थिए। दिल्ली महिला आयोगले पनि दिल्ली प्रहरीलाई १० महिने बालिकाविरुद्ध दिइएको धम्कीबारे पत्र पठाएको थियो।

भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार अहिले पक्राउ परेका व्यक्ति हैदरावादमा बस्ने २३ वर्षीय इन्जिनियर हुन्। उनले दिएको भनिएको धम्कीका स्क्रीनशटहरू भाइरल भएपछि ती व्यक्तिले ट्विटरमा नाम फेरेर पाकिस्तानी नागरिकका रूपमा प्रस्तुत गर्न खोजेको बताइन्छ।

तथ्यजाँच गर्ने एउटा भारतीय वेबसाइटले पछि ती व्यक्ति भारतीय नै भएको पत्ता लगाएको थियो। 

टी२० विश्वकपमा पाकिस्तान र न्यूजील्यान्डसँग हारेको भारत प्रतियोगिताबाट बाहिरिइसकेको छ। लाजमर्दो पराजय भोगेको भन्दै अनलाइन माध्यममा भारतीय खेलाडी र सम्पूर्ण टोलीको चर्को आलोचना गरिएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App