२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

फराकिलो अन्तरको हार

ओमानका खेलाडीसँग बल खोस्ने प्रयास गर्दै नेपालका सुमन अर्याल । तस्बिर सौजन्यः ओमन फुटबल संघ

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलमा ओमानसँग फराकिलो अन्तरले पराजित भएको छ। कतार भ्रमणमा रहेको नेपालले आइतबार कतार युनिभर्सिटीको मैदानमा ओमानलाई ७–२ को नतिजा सुम्पिएको हो।

ओमानले नवौं मिनेटमा अग्रता लियो। फेमी सैदले ओमानलाई अग्रता दिलाएका थिए। ३०औं मिनेटमा ओमानले आफ्नो अग्रता दोब्बर पारेको थियो। ओमानका मोहसेन जाबरले बललाई जाली चुमाएका थिए।

त्यसको दश मिनेटपछि अञ्जन विष्टले गरेको गोलमा नेपालले खेलमा फर्कने संकेत गरेको थियो।  ४६औं मिनेटमा मोहसेन गावारले ओमानको अग्रता ३–१ मा पुर्‍याएका थिए।त्यसको तीन मिनेटपछि नै मोहसेन अल घासानीले ओमानका लागि चौथो गोल गरे। ६०औं मिनेटमा अब्दुल्लाजिज अल मुकावलले बललाई जाली चुमाउँदै ओमानलाई फराकिलो जिततर्फ डोर्‍याएका थिए। 

त्यसको पाँच मिनेटपछि अल मुकावलले व्यक्तिगत दोस्रो गोलमा ओमानको अग्रता ६–१ मा पुर्‍याएका थिए। ७६औं मिनेटमा जामिल अल यहमादीले ओमानका लागि सातौ गोल गरे। ८५औं मिनेटमा गोल गर्दा नेपालले अन्तर घटाउने प्रयास गरेको थियो। ओमानसँग यो खेलसहित नेपालले कुल ११ खेल खेलेको छ र सबै खेलमा पराजित भएको छ। यस क्रममा नेपालले ४९ गोल खाएको छ भने मात्र ३ गोल गरेको छ।

नेपालले पछिल्लो पटक सन् २००७ अक्टोबर ८ र अक्टोबर २८ मा ओमानविरुद्ध विश्वकप छनोट २०१० को खेल खेलेको थियो दुवै लेगमा नेपाल समान २–० ले पराजित भएको थियो।नेपाल सोमबार कतारबाट माल्दिभ्स प्रस्थान गर्नेछ। नेपालले शनिबार आयोजक माल्दिभ्सविरुद्धको खेलसँगै साफ च्याम्पियनसिपको यात्राको सुरुआत गर्नेछ।

प्रकाशित: ११ आश्विन २०७८ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App