२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्। 

गत फागुनमा भएको काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका थिए। गुलशनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहित कुमार पौडेलले पुनः राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। बन्द प्रशिक्षणमा रहेका साहब आलम र कमलसिंह ऐरी भने बाहिरिएका छन्।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २÷२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पिएनजीसँग दुई एक दिवसीय खेल खेल्ने छ। त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका छ। 

नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्नेछ। त्रिकोणात्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ। ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ। यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन। 

टोलीमा  ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडेल रहेका छन्।

प्रकाशित: ५ भाद्र २०७८ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App