२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

अनिता ब्रान्ड एम्बेसडर

नेपालकी टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोबिक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन्।  

एरोबिकले अनितालाई तीन वर्षसम्म नेपालका लागि एम्बेसडरमा नियुक्त गरेको हो। यससँगै एरोबिकले उनलाई पार्टनर, प्रमोटर र प्रशिक्षकको रूपमा समेत चयन गरेको छ। लन्डनस्थित एरोबिक टेबल टेनिस सन् २०११ मा स्टिभ रोले स्थापना गरेका हुन्। 

एरोबिक टेबल टेनिस नवखेलाडीलाई एरोबिकको माध्यमबाट शारीरिक रूपमा तन्दुरुस्त बनाउने कार्यक्रम हो। एरोबिकका माध्यमबाट खेलाडीहरूलाई शारीरिक तन्दुरुस्ती बनाउनुका साथै सांगीतिक धुनको तालमा वर्कआउट र फुटवर्क गराउने गरिन्छ।

जसका कारण खेलाडीहरूले आनन्द महसुस गर्दै क्यालोरी सञ्चित गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबल टेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्ने गर्दछन्। एरोबिक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभ जुलाई १५ मा नेपाल भ्रमणमा आउने र नेपाली खेलाडीलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यस प्रशिक्षणबाट उत्कृष्ट ३/३ छात्र र छात्रालाई लन्डनस्थित आफ्नो एकेडेमीमा प्रशिक्षणका लागि लैजाने सम्झौता भएको अनिताले बताएकी छन्।  

साथै एरोबिकले खेलाडीका लागि टेबल टेनिसको स्तरीय ब्रान्ड बटरफ्लाई कम्पनीको खेलपोसाक, ¥याकेट र बल प्रायोजन गर्ने र प्रशिक्षणका लागि आवश्यक रोबोट मेसिनसमेत प्रदान गर्नेछ। अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ पङ क्लब स्थापना गरी १५ बालबालिकालाई निशुल्क टेबल टेनिस प्रशिक्षण गराउँदै आइरहेकी छन्। अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघले उनको कार्यको मूल्याङ्कन गर्दै विश्व टेबल टेनिस डेको अवसर पारेर आफ्नो जर्नलमा महर्जनको बारेमा लेखसमेत प्रकाशित गरेको छ।

प्रकाशित: ४ असार २०७८ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App