२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

'अमेजिङ मोटर र्‍याली' हुँदै

आन्तरिक पर्यटन प्रवद्धन र क्यानसर रोगबारे जनचेतना फैलाउने लक्ष्य बोकेर ‘आठौं अमेजिङ मोटर र्‍याली–२०२१’ शुक्रबार काठमाडौंबाट छुट्ने भएको छ।  

रोटरी क्लब अफ बागमति काठमाडौं र केजिएच फाउन्डेसनको आयोजना हुन लागेको र्या्ली काठमाडौंबाट सुरु भएर चितवन हुँदै पोखरामा टुङ्गिने पत्रकार सम्मेलनमा जानकारी दियो।  भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डबाट प्रस्थान गरेको पहिलो दिनको र्यादली काठमाडौंको भद्रकाली, सिंहदरबार, थापाथली, कलंकी, थानकोट, नागढुंगा, गजुरी, मुगलिङ, चितवन, नारायणघाटन हुँदै सौराह जानेछ।  एक रात बासाँईमा सहभागिहरुले जंगली सफारीमा सहभागिता जनाउन सक्नेछन।  यस्तै र्याछलीमा सहभागिहरु दोस्रो दिन चितवनबाट पोखरा तर्फ प्रस्थान गर्ने र समापन समारोहमा सामेल हुनेछन्।  

नेपाल सरकार, पर्यटन बोर्डद्वारा अघि सारिएको आन्तरिक पर्यटन प्रवद्धनको नारा ‘देश दर्शन’ लाई प्रचार गर्दै र्या लीलबाट क्यान्सरबारे जनचेतना फैलाउने आयोजक समितिका संयोजक दिवाकर राजकर्णिकारले बताए।  

‘र्‍यालीको मुख्य उदेश्य थलिएर रहेको नेपाली पर्यटन व्यवसायलाई अगाडि बढाउने हो।  साथै क्यान्सर रोगको जनचेतना पनि फैलाउने हो,’ आयोजक समितिका संयोजक राजकर्णिकारले भने।  

दुई गन्तव्य रहेको र्या लीका सहभागिहरुको निगरानीलाई विभिन्न ८ स्थानमा चेक प्वाईट राखिने आयोजकले जनाएको छ।  तोकिएका चेकप्वाइन्टमा र्यारलीमा सहभागिले अतिरिक्त क्रियाकलामा सहभागि हुँदै अंक बटुल्नेछन्।  तोकिए अनुसारको सहभागिहरुले सवारी साधान चालउनु पर्नेछ र तोकिएका कार्यभार पूरा पनि गर्नु पर्नेछ।  यदि सहभागिले उल्लघन गरेको खण्डमा प्रतियोगिता समेतबाट बाहिरिने छन्।  

मोटर र्यारलीमा ४० सवारी साधन सहभागिता जनाउनेछन्।  सहभागि सवारी गाडीले आयोजकले प्रदान गरेको नारा सहितका व्यानर बोकेर गन्तव्य पूरा गर्ने विजेताले टर्कीस एयरलाइन्सले प्रदान गर्ने टिकटमार्फत अन्तर्राष्ट्रिय भ्रमण गर्नेछ भने पहिलो, दोस्रो र तेस्रोले सिल्ड, सर्टिफिकेट तथा आकर्षक पुरस्कारपनि पाउने आयोजकले जानकारी दियो।  

 

प्रकाशित: २६ माघ २०७७ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App