२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

घरेलु फुटबल गतिविधि अझै अन्योल

कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएका फुटबल गतिविधि अझै सुचारु भएका छैनन्। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सरकारले फुटबल अभ्यासका लागि भदौ १ बाट अनुमति दिए पनि रोकिएका घरेलु गतविधिले भने अझै अनुमति पाएका छैनन्। सुचारु हुनेमा अन्योल छ। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल (एन्फा) का प्रवक्ता किरण राईले सुचारु गर्न सरकारसमक्ष पत्राचार गरेको बताए।  

‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनका लागि सरकारले अनुमति दिएको छ। निश्चित मापदण्डमा भदौ १ बाट अभ्यास गर्ने तयारीमा हामी रहेका छौं,’ एन्फा प्रवक्ता किरण राईले भने, ‘स्थगित र प्रस्तावित प्रतियोगिता सुचारु गर्न सरकारलाई पत्राचार गरेका छौं। अनुमति पाएपछि सुचारु गर्न हामी तयार छौं।’

चैत ११ बाट सरकारले लगाएको लकडाउनसँगै चलिरहेको ‘बी’ डिभिजन लिग भोलिपल्टबाट  स्थगित भएको थियो। चैत २८ बाट तय भएको ‘सी’ डिभिजनलाई पनि कोरोना तगारो बन्यो। यसअघि सरकारले चैत ४ बाट खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको थियो। कोरोनापछिको लकडाउनका कारण महिला लिग, महिला राष्ट्रिय लिगमा पनि त्यसको प्रत्यक्ष असर प-यो। कोरोनाकै कारण  प्रदेश पुरुष लिग खेल्न तयार भएका जिल्ला च्याम्पियन क्लब अन्योल बनेका छन्। उनीहरू अनुमतिको पर्खाइमा छन्। एन्फाले प्रदेशबाट च्याम्पियन भएर आएका क्लबलाई एन्फा प्रेसिडेन्ट लिग सञ्चालन गरेर शीर्ष चार टिमलाई राष्ट्रिय लिगमा लैजाने नयाँ ढाँचा अगाडि सारेको हो ।

‘एन्फा क्यालेन्डरलाई सुचारु गर्न हामी जुनकुनै बेला पनि तयार छौं। मात्र अनुमति चाहिएको छ। अनुमति पाए मोफसलका प्रतियोगिता पनि तालिकाअनुसार सञ्चालनमा आउँछन्।’

‘एन्फाको तालिकामा धेरै प्रतियोगिता छन्। अनुमति पाएपछि सुचारु गर्ने भनेर सबै सम्बद्ध निकायसँग अनौपचारिक कुरा भइरहेको छ,’ प्रवक्ता किरण राई थपे, ‘एन्फा क्यालेन्डरलाई सुचारु गर्न हामी जुनकुनै बेला पनि तयार छौं। मात्र अनुमति चाहिएको छ। अनुमति पाए मोफसलका प्रतियोगिता पनि तालिकाअनुसार सञ्चालनमा आउँछन्।’

कोरोनाले मोफसलका गोल्डकपमा पनि नराम्रो असर पारेको छ। महामारी समुदाय स्तरमा फैलिन नदिनका लागि भन्दै सरकारले चैत ११ गते धेरै मानिसको भीडभाड हुने स्थान सिनेमा हल, खेलकुद गतिविधि स्थल, सार्वजनिक स्थललगायतका विभिन्न ठाउँमा भेला हुन निषेध गरेको थियो। उक्त निर्णयपछि खेलकुद ठप्प भएपछि अहिलेसम्म फर्किन नसकेको हो। सरकारले निश्चित मापदण्ड तोकेर सार्वजनिक यातायात, उद्योग, कल–कारखना सञ्चालन गर्न अनुमति दिइसकेको छ। तर खेलकुद गतविधि भने फर्किएका छैनन्। 

प्रकाशित: १४ श्रावण २०७७ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App