२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बुटवल–११ फाइनलमा

म्यान अफ द म्याच प्रकाश केसीलाई पुरस्कृत गर्दै सिद्धार्थनगर– ३ का वडाअध्यक्ष थानेश्वर पौडेल। तस्बिर :नागरिक

भैरहवा - भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिगअन्तर्गतको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ। न्यु होराइजन क्रिकेट क्लब बुटवललाई ५ विकेटले पराजित गर्दै बुटवल–११ विजयी भएको हो। विजयसँगै बुटवल ११ ले उपाधिका लागि फाइनल यात्रा तय गरेको छ।

टस जितेर ब्याटिङ गरेकोे न्यु होराइजनले ४१ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो। १ सय १६ रनको लक्ष्य पाएको बुटवल– ११ ले  ३६ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पार ग-यो। जितका लागि बुटवल–११ का प्रकाश केसीले  ७७ बलमा नटआउट ६४ रन, प्रथम पराजुलीले नटआउट १८ र ईशान पाण्डेले ११ रनको योगदान गरे। बलिङमा न्यु होराइजनका पुरुषोत्तम भट्टराईले २ एवं गोविन्द केसी र कृष्ण पराजुलीले १-१ विकेट लिए।

पहिलो पारी खेल्दै न्यु होराइजनका बाबुराम क्षेत्रीले ४०, शक्ति गौचनले १५ र निर्मल थापाले १२ रनको योगदान  दिए पनि जित हात पार्न सफल भएनन्। बलिङमा बुटवल–११ का देवेन्द्र सोमरे, प्रकाश केसी, ईशान पाण्डे र सुशान्त तिमिल्सिनाले समान २ र सुधन श्रेष्ठले १ विकेट लिए। शनिबार बुटवल–११ का प्रकाश के.सी. म्यान अफ दी म्याच भए। उनलाई सिद्धार्थनगर ३ का वडाध्यक्ष थानेश्वर पौडेलले एक हजार रुपैयाँ र सिल्डसहित पुरस्कृत गरे।

गत पुस २५ गतेदेखि सुरु भएको रूपन्देही प्रिमियर लिगको फाइनल खेल आइतबार बिहान ८ः३० वजे सिद्धार्थ रंगशालामा सुरु हुनेछ। गत वर्षको विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र सेमिफाइनल विजेता बुटवल–११ क्लब बुटवलबीच फाइनल हुने रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए। २०५४ सालदेखि भैरहवामा निरन्तर  हुँदै आएको रूपन्देही प्रिमियर लिग माघ १९ गतेसम्म सञ्चालन हुनेछ। विके ज्वेलर्स भैरहवाको सह प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिका, रूपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

प्रकाशित: १९ माघ २०७६ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App