५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बुद्ध स्पोर्ट्स क्लब विजयी

म्यान अफ दी म्याच विपिन खत्रीलाई पुरस्कृत गर्दै श्री इन्भेस्टमेन्ट फाइनान्सका सिइओ खिमबहादुर खत्री।

भैरहवा - भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गत शनिबार सम्पन्न खेलमा शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै बुद्ध स्पोर्ट्स क्लब विजयी भएको छ।

टस जितेर ब्याटिङ रोजेको शंकरनगर क्रिकेट क्लबले ३४ ओभरमा अलआट हुँदै १ सय ४३ रन बनाएको थियो। १ सय ४४ रनको लक्ष्य बुद्धले ३४ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग-यो। जितका लागि बुद्धका विपिन खत्रीले सार्वधिक नटआउट ४४ रनको योग्दान गरे। ५१ बलमा ४ चौका र १ छक्काको प्रहार गर्दै खत्रीले सो रन बनाएका थिए। त्यस्तै सलिम अलीले नटआउट १७ र अमित अग्रहरीले १६ रन बनाए। बलिङतर्फ शंकरनगरका अखिलेश यादवले ३, कमल ओलीले २, केशव पौडेल र सन्तोष खत्रीले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको शंकरनगरका अखिलेश यादवले ३६, उत्तम थापाले २९ र नितेश थापाले ले १७ रन बनाए। बलिङतर्फ बुद्धका रूपेश कुर्मीले ४, दीपेन खत्री र रिजन प्रजुले २/२ विकेट लिए भने सुरज गुरुङ र प्रवेज अन्सारीले  समान १ विकेट लिए। मौसम प्रतिकूलताका कारण ४३ ओभरमा भएको शनिबारको खेलमा विपिन खत्री म्यान अफ दी म्याच भए। उनलार्ई श्री इन्भेस्टमेन्ट फाइनान्सका सिइओ खिमबहादुर खत्रीले नगद रु एक हजार र सिल्डसहित पुरस्कृत गरे।

प्रकाशित: १२ माघ २०७६ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App