२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

लिग मंसिर २८ बाट, पहिलो खेलमा संकटा र च्यासल भिड्ने

काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर २८ गतेबाट सुरु हुने भएको छ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘टाइसिट’ सार्वजनिक गरेको छ। टाइसिट ‘ड्र’ अनुसार लिगको पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन्।

दोस्रो खेल भने मंसिर २९ गते सिएमजी क्लब संकटा र च्यासल युथ क्लबबीच हुनेछ । सोहि दिन त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच पनि प्रतिस्पर्धा  हुनेछ। मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ मर्याङदी क्लब  र एपिएफ क्लबबीच हुनेछ।

त्यस्तै लिगको पहिलो चरणको अन्तिम दिन पुष १ गते २ खेल हुनेछ। जसमा रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा  नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

लिगका सम्पूर्ण खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ भने एन्फाको च्यासलको मैदानलाई वैकल्पिक मैदानको रुपमा राखिएको छ।

लिगको खेलसँगै दशरथ रंगशालामा ५ वर्षपछि लिग फुटबल फर्कने भएको छ। भुकम्पले क्षतिग्रस्त बनेको रंगशाला पुनःनिर्माण भएपछि लिगका खेल पनि सोही मैदानमा हुने भएको हो। 

दोश्रो चरणका खेलहरुको तालिका पहिलो चरणको खेलहरु सकिए पछि निकालिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ। लिगमा विभागीय तीन टोली सहित १४ वटा टिमले प्रतिस्पर्धा गर्ने छन्। 

प्रकाशित: १३ मंसिर २०७६ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App