१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाली फुटबल टिम म्यानमार प्रस्थान

फाइल फोटो

काठमाडौं– मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटवल टोलीको विदाई गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीहरुले आईतबार ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा सो टोलीको विदाई गरेका हुन।

खेलाडीको विदाई पछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष शेर्पाले म्यानमारविरुद्ध सो टोलीले उच्च प्रर्दशन गर्ने विश्वास व्यक्त गरे। उनले अघि म्यानमारविरुद्ध अन्डर–२३ र महिला टोलीले उच्च प्रर्दशन गरेको उल्लेख गर्दै आज गएको टिमले पनि उच्च प्रर्दशन गर्ने बताए।

२३ सदस्यीय खेलाडीसहितको सो टोली आईताबार दिउँसो नै म्यानमार प्रस्थान गरेको छ। नेपालले म्यानमारसँग आगामी कार्तिक २१ गते बिहीबार मंैत्रीपूर्ण खेल खेल्नेछ।

कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तरगत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेल अघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग आगामी मंसीर ३ गते दशरथ रंगशालामा खेल्नेछ । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई कुवेतसँगको तयारीको रुपमा हेरिएको छ । विश्वकप छनौटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौंथो स्थानमा रहेको छ।

प्रकाशित: १७ कार्तिक २०७६ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App