काठमाडौं - ओमानमा जारी टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा जितका लागि नेपालले १४६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको हो।
आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८ रन बाहेक तल्लो क्रमका स्टुवार्ट थम्पसनले २१ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा नेपालको प्रदर्शन उत्कृट रह्यो। नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोहोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। यसैगरी करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए।
अघिल्ला दुबै खेलमा जित हात पारेको नेपाल उच्च मनोबलका साथ ब्याटिङ गर्नेछ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।
प्रकाशित: २२ आश्विन २०७६ ०७:१४ बुधबार