२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रिन्सलाई दोहोरो सफलता

काठमाडौं – नेपालका प्रिन्स दाहाल संयुक्त अरब इमिरेट्स (दुबई) मा जारी दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सेरिजमा बिहीबार पुरुष एकल र मिश्रित दुवैतर्पm जित निकाल्न सफल भएका छन्।

नाडलसिभास्थित अल नास स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा डिफेन्डिङ च्याम्पियन प्रिन्स यु–१९ को एकलतर्पm दोस्रो चरणमा पुगेका हुन्। प्रिन्सले बिहीबार दुबईका भार्नुकार्तिक भारथी मोहनलाई स्तब्ध बनाएका थिए। प्रिन्सले यसअघि पहिलो चरणमा भने बाई पाउँदै दोस्रो चरणको प्रतिद्वन्द्वीसँग भेट पक्का गरेका हुन्। प्रिन्सले दोस्रो चरणमा बिनावरीयताका मोहनलाई २१–८ र २१–१५ ले पराजित गरे।

अब उनले तेस्रो चरणमा दुबईकै कृष्णकुमार कौशिकविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। उनी मिश्रित जोडीमा पनि विजयी हँुदै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्। प्रिन्सले दुबईमा नै बसोबास गर्दै आइरहेकी नेपालकी सानिया चन्दसँग मिलेर दुबईका नभान नजिव र कारोलिन कोल्कुहोओनलाई २१–१४ र २१–१७ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेका हुन्।

 

प्रकाशित: २७ भाद्र २०७६ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App