काठमाडौं – डब्लुटी रिजनल ट्रेनिङ सेन्टरको सोमबार उद्घाटन गरिएको छ। सेन्टरको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र विश्व तेक्वान्दो (डब्लुटी) का अध्यक्ष चोङवन चोईले सातदोबाटोमा एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे।
सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको थियो। त्यसै अवसरमा सदस्यसचिव सिलवालले अध्यक्ष चोईलाई मायाको चिनो प्रदान गरेका थिए।
प्रकाशित: २१ श्रावण २०७६ ०१:४० मंगलबार