रुकुम– सल्यानमा प्रथम मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन भएको छ।
जिल्लाको बागचौर नगरपालिकाको आयोजनामा पहिलो पटक मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको हो। ‘बागचौर नगरको शान, स्वस्थ जीवन र खेलकुद प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुलनाराका साथ उद्घाटन भएको खेलकुद प्रतियोगिता आगामी ६ गतेसम्म सञ्चालन हुने छ।
कार्यक्रमलाई सम्बोधन गर्दै (नेकपा) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले खेलक्षेत्रलाई विशेष प्राथमिकता राखेर सरकारले विकास निर्माणका काम गरिरहेको बताए। कर्णालीलाई चिनाउन खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भुमिका रहेको उनको भनाइ थियो।
प्रतियोगितामा महिला/पुरुष भलिबल, सटफुट छेलो, दौडलगायतका प्रतियोगिताहरु सञ्चालन भइरहेका छन्। प्रतियोगितामा नगरपालिकामा रहेका १२ वटा वडाबाट खेलाडीहरुको आ–आफ्नो समुहले सहभागिता जनाएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए।
प्रकाशित: २ जेष्ठ २०७६ १०:२४ बिहीबार