२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रदेश–२ र प्रदेश–५ विजयी

काठमाडौं– प्रदेश–२ र प्रदेश–५ ले यु–१६ क्रिकेट लिगअन्तर्गत बिहीबारका खेलमा जित निकालेका छन्।

प्रदेश–२ ले प्रदेश–१ लाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गर्दा प्रदेश–५ ले पनि कर्णाली प्रदेशलाई सोही अन्तरले पराजित ग-यो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश–१ ले प्रस्तुत गरेको ७८ रनको लक्ष्य प्रदेश–२ ले १६औं ओभरमा ४ विकेट गुमाउँदै पूरा ग-यो।

प्रदेश–२ को खराब सुरुआत हुँदा प्रदेश–१ का कप्तान दीपेश कँडेलले सुरुआती ३ विकेट लिएका थिए। दीपेशले प्रदेश–२ का शीर्ष तीन इमरान शेखलाई ४, रोहनराज विकलाई १ तथा मेघराज महरालाई शून्यमै पवेलियन फर्काए। यद्यपि, साहिलकुमार पटेल र पर्शुराम यादवले चौथो विकेटका लागि ५८ रनको साझेदारी गरेपछि प्रदेश–२ ले सहज जित दर्ता ग¥यो । 
साहिलले ३८ बलमा ३५ रन जोड्दा दीपेशकै बलमा बोल्ड भए। उनले ३ चौका र १ छक्का प्रहार गरे। पर्शुराम भने ३३ बलमा ३ चौकासहित २६ रनमा रनआउट रहे। त्यसअघि प्रदेश–१ १५.५ ओभरमा ७८ रनमै समेटियो। विशाल पटेलले पहिलो ओभरमा नै ३ विकेट लिएपछि प्रदेश–१ ले राम्रो योगफल खडा गर्न सकेन।

विशालले दोस्रो, तेस्रो र पाँचौं बलमा विकेट लिए। उनले सकिब अन्सारी र अभिषेक बराललाई एलबिडब्लु तथा अंकित श्रेष्ठलाई शून्यमै बोल्ड गरेका थिए। विशालले तेस्रो ओभरमा पनि समीर कार्कीलाई १० रनमा आउट गर्दै प्रदेश–१ लाई २१–४ को दयनीय अवस्थामा पु-याए। मध्यक्रममा कप्तान दीपेश कँडेलले ३३ रन जोडेपछि प्रदेश–१ ले सम्मानजनक योगफल खडा ग-यो।

उनले ३६ बलको सामना गर्दै ६ चौका प्रहार गरे। ओपनर रूपक बरालले ८ तथा विपिन महतोले ६ रन जोडे।  प्रदेश–२ का लागि म्यान अफ दी म्याच विशालले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए। अरबाज अन्सारीले ३, निखिल सिंहले २ तथा सतीश यादवले १ विकेट लिए।

दिनको दोस्रो खेलमा कर्णालीले प्रस्तुत गरेको ७१ रनको झीनो लक्ष्य प्रदेश–५ ले १३औं ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । प्रदेश–५ ले ओपनर अमर मिश्रालाई शून्यमा गुमाए पनि सुशान्त थापाले नटआउट ३१ रन जोडेपछि टोलीले सहजै जित निकाल्यो । सुशान्तले २९ बलमा ४ चौका प्रहार गरे । सुशान्तलाई ८ बलमा २ चौका र १ छक्कासहित १६ रन जोडेका कप्तान विशालविक्रम केसीले राम्रो साथ दिए।

कर्णालीका राजकुमार शाही, युवराज खत्री र युनिष सिंहले १÷१ विकेट लिए पनि प्रदेश–५ को जित रोक्न सकेनन्। त्यसअघि निकै खराब सुरुआत गरेको कर्णालीका तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडे पनि बलियो योगफल भने खडा गर्न सकेनन्। ओपनर मोहन जिसी १, पारस खड्का ५ र सन्दीपजंग शाहीलाई शून्यमा गुमाएको कर्णालीले एक समय २० रनको स्थितिमा ५ विकेट गुमायो।

प्रदेश–५ का रमेश कुर्मीले ६ ओभरमा मात्र ७ रन खर्चेर ३ मेडनसहित ४ विकेट लिएपछि कर्णालीले कमजोर सुरुआत पाएको थियो। कप्तान विभान मगर १०, प्रणव बदेल १ र युनिष सिंह ७ रनमा आउट भएपछि मध्यक्रममा पनि धराशयी बन्यो। लगातार विकेट गुमाएपछि कर्णाली ४१–९ को स्थितिमा पुगेको थियो।

दशौं विकेटका लागि युवराज खत्री र बेनित खत्रीले ३० रनको साझेदारी गर्दै कर्णाली राम्रो स्कोरसम्म पु-याए । युवराजले ३३ बलमा २ चौकासहित १७ रन जोडे। बेनित २८ बलमा १० रन जोड्दै नटआउट रहे । त्यसअघि विमलजंग मल्लले १८ बलमा ३ चौकासहित १३ रन जोडेका थिए। प्रदेश–५ का लागि रमेशको ४ विकेटसँगै सुरज खड्का र प्रकाश गिरिले २/२ तथा अभिषेक गौतम र सिराज गैरेले १/१ विकेट हात पारे।

 

प्रकाशित: २२ चैत्र २०७५ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App