२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारबाट

काठमाडौं – एसिसी यु–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटका लागि मंगलबारदेखि यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेशका टोलीले चैत २५ सम्म प्रतिस्पर्धा गर्नेछन्।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेलका बारेमा जानकारी दिएको थियो। एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले उमेरसमूहका प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए।

प्रतियोगितामा ७ प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। अप्रिल १८ देखि २९ सम्म थाइल्यान्डमा हुन लागेको एसिसी यु–१६ इस्टर्न रिजनका लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ। प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन्।

प्रतियोगिताको समूह ‘ए’ मा प्रदेश नम्बर–३, गण्डकी प्रदेश, प्रदेश नम्बर–५ र कर्णाली प्रदेश छन्। समूह ‘बी’ मा प्रदेश नम्बर–१, प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेश छन्। खेल बिहान ८ र दिउँसो १२ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ। उक्त प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा राष्ट्रिय खेलकुदको परिषद्को समन्वयमा हुन लागेको हो।

प्रतियोगिताको विजेताले १ लाख ५० हजारबराबरको खेल सामग्री र उपविजेताले ७५ हजारबराबरको खेलकुद सामग्री पाउनेछन्। प्रतियोगिताको व्यस्थापन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गर्नेछ।

प्रकाशित: १९ चैत्र २०७५ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App