काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबार (आज) को दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो साढे २ बजेपछि हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ। हिमालयन जारी लिगमा अपराजित छ। उसको २ खेलबाट ४ अंक छ।
हिमालयन शेर्पाले पहिलो खेलमा विभागीय टोली एपीएफसँग बराबरी र दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो। लिगमा ४ अंक जोडेको हिमालयन शेर्पा छैटौं स्थानमा रहेको छ। यता जावलाखेलले भने खाता खोल्न सकेको छैन्। जावलाखेल नेपाल पुलिस क्लबसँग १–० र संकटा क्लबसँग २–० ले हार ब्यहोरेको थियो। अंकबिहिन जावलाखेल लिगको पुछारमा छ।
प्रकाशित: ८ मंसिर २०७५ ०६:२९ शनिबार