२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

शुक्रबारबाट नेक्सस क्रिकेट

काठमाडौ – नेक्सस क्रिकेट एकेडेमी (एनएसी) को आयोजनामा शुक्रबारबाट यु–१६ दोस्रो नेक्सस कप इन्टर एकेडेमी ट्वान्टी–२० प्रतियोगिता आयोजना हुने भएको छ।

मंसिर १४ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका १२ क्रिकेट एकेडेमीको सहभागिता रहनेछ। प्रतियोगिताका सम्पूर्ण खेल मूलपानी क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत प्रत्येक समूको शीर्ष टोली अन्तिम आठमा प्रवेश गर्नेछ। समूह ‘ए’ मा ओएसिस क्रिकेट एकेडेमी, युनाइटेड क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट क्लब छन् भने समूह ‘बी’ मा सनराइज क्रिकेट क्लब, ग्रेटर हिमालय क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडेमी ‘बी’ छन्।

त्यस्तै समूह ‘सी’ मा वेस्टर्न क्रिकेट एकेडेमी, चितवन क्रिकेट एकेडेमी र मिड वेस्ट क्रिकेट क्लब र समूह ‘डी’ मा नेक्सस क्रिकेट एकेडेमी ‘ए’, लालीगुराँस क्रिकेट एकेडेमी र स्याङ्जा क्रिकेट एकेडेमी रहेका छन्।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ६१ हजार १ सय ११ रुपैयाँ हात पार्नेछन्। प्रतियोगिताको पहिलो संस्करणको उपाधि महेन्द्रनगरले कोहलपुर क्रिकेट एकेडेमीलाई पराजित गर्दै जितेको थियो।

प्रकाशित: ७ मंसिर २०७५ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App