२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

अष्ट्रेलिया महिला विश्वकप टी–२० काे सेमिफाइनलमा

काठमाडौं – वेष्ट इन्डिजमा जारी महिला विश्वकप टी–२० काे समुह बी बाट अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ। बुधबार विहान भएको खेलमा न्युजिल्याण्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलिया समुह चरणको एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो।

अष्ट्रेलिया हालसम्म खेलेका ३ वटै खेलमा जित हात पार्दै ६ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ। अष्ट्रेलियाको जितमा एलेसा हेलीले अर्धसतकीय पारी खेलीन् भने बलिङमा मेगान स्कटले ३ विकेट लिइन्। एलेसाले ३८ बलमा ५३ रन जोडीन्। टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो। १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्ड १७ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय २० रनमा समेटियो। न्युजिल्याण्डकी सुजि बेट्सले सर्वाधिक ४८ रन बनाइन्।

प्रकाशित: २८ कार्तिक २०७५ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App