२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

रोगले क्रिकेट त्याग्दै हास्टिङ

सिड्नी - अस्ट्रेलियाका अलराउन्डर जोन हास्टिङले आफू गम्भीर रोगसँग जुधिरहेको भन्दै छिट्टै आफ्नो क्रिकेट करियरमा पूर्वविराम लाग्न सक्ने बताएका छन्।

हास्टिङले बलिङका क्रममा रगत बान्ता गर्ने गरेको खुलासा गरेका हुन्। ३२ वर्षे हास्टिङले अस्ट्रेलियाली राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र ट्वान्टी–२० संरचना गरी तीनै संरचनामा प्रतिनिधित्व गरेका छन् । उनले यस सिजन सिड्नी सिक्सरबाट बिग ब्यास लिग खेल्ने बताइएको थियो । तर रोगका कारण उनको सहभागिता अनिश्चित बनेको छ।

‘म जब बलिङ गर्छु मैले रगत बान्ता गर्छु,’ हास्टिङले भने, ‘यो बलिङ गर्दा मात्र देखिने समस्या हो ।  दौडँदा, बक्सिङ खेल्दा वा अन्य कार्य गर्दा भने मेरो स्वास्थ्य अवस्था सामान्य बन्ने गरेको छ । मलाई थाहा छैन मलाई के भइरहेको छ । तर म यस्तो रोगसँग जुधिरहेको छु । जुन दिनप्रतिदिन थप गम्भीर बन्दै गइरहेको छ ।’ उनले केही वर्षअघि आफूले बलिङका क्रममा वान्ता गरेको थाहा पाए पनि त्यसलाई समान्य रूपमा लिए पनि पनि त्यसले अहिले थप गम्भीर रूप लिएको बताए।

‘यो डरलाग्दो छ। चिकित्सकले पनि यसले यसलाई गम्भीर रूपमा लिएका छन्,’ उनले भने, ‘यो रोगका कारण मेरो फोक्सोमा पनि पानी जमेको बताइएको छ।’ हास्टिङले अस्ट्रेलियाबाट एक टेस्ट, २९ एकदिवसीय र नौ ट्वान्टी–२० खेलमा सहभागिता जनाएका थिए । उनले क्रिकेट करियरलाई निरन्तरता दिने इच्छा भए पनि रोगका कारण अब त्यो सम्भव नभएको बताएका छन् । ‘मैले जीवनै क्रिकेटप्रति समर्पण गरेको छु । त्यसैले म अन्त्यसम्म क्रिकेटमै रमाउन चाहन्छु,’ उनले भने, ‘तर रोगका कारण त्यसको सम्भावना टरिरहेको छ । मैले बलिङ गर्ने सम्भावना बाँकी छैन।'

 

प्रकाशित: २९ आश्विन २०७५ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App