४ वैशाख २०८१ मंगलबार
खेल

बूढानीलकण्ठमा जुनियर टेनिस

काठमाडौं – फस्ट नौलिन जेटिआई जुनियर च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ। नौलिन स्पोर्ट्स भिल्ला बुढानीलकण्ठको टेनिस कोर्टमा शनिबार विभिन्न उमेरसमूहका फाइनल भए।

अन्डर १४ को ब्वाइजतर्फ चिराग तिमल्सिना विजयी भए। उनले इभेक जोशीलाई ७–५, ६–२, ६–३ मा हराए। अन्डर १४ गल्र्सतर्फ सलोनी तामाङ विजयी भइन्। उनले शिर्भाणी श्रेष्ठलाई  ४–६, ६–०, ६–१ सेटमा पराजित गरिन्। त्यसै गरी अन्डर १२ ब्वाइजतर्फ  सफल श्रेष्ठ विजयी भए । उनले सक्षमविक्रम शाहलाई ७–५ र ६–४ ले पराजित गरे । अन्डर १२ गल्र्समा सुभाङ्गीलक्ष्मी शाहले अज्जालाई पराजित गर्दै उपाधि जितिन्। उनले ६–२, ६–३ ले खेल आफ्नो पक्षमा पारिन्।

अन्डर १०  ब्वाइजतर्फ आयुष्मान घलेले राजवीर प्रधानलाई १–६, ६–१ ,१०–३ मा पराजित गरे । गल्र्समा सुनिरा थापालाई पराजित गर्दै प्रशंसा मोक्तानले फाइनल जितिन्। उनले ३–६ र ५–७ ले खेल आफ्नो पक्षमा पारिन्। अन्डर ९ ब्वाइजमा निसाद जोशी विजयी भए। उनले बोरिस अधिकारीलाई ४–२, ४–२ ले पराजित गरे। त्यसै गरी अन्डर ९ गल्र्समा प्रतिष्ठा लामाले समृद्धि महर्जनलाई पराजित गर्दै उपाधि जितिन्। लामाले ५–४ र ४–२ ले महर्जनलाई पराजित गरेकी थिइन् । अन्डर ८ ब्वाइजतर्फ अदृत नेपाल विजयी भए। उनले स्पर्श तिमल्सिनालाई १४–१२, ८–१० र ११–९ ले पराजित गरे। गल्र्सतर्फ प्रज्ना मानन्धरले साम्राज्ञीलाई १०–७ र १०–४ को सेटमा पराजित गरिन्।

मंगलबारबाट भएको प्रतियोगितामा ८३ खेलाडीको सहभागिता थियो।

प्रकाशित: २८ आश्विन २०७५ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App