काठमाडौं– पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि भारतले माल्दिभ्ससँग खेल्नेछ। माल्दिभ्स नेपाललाई ३–० गोलले पराजित गर्दै बुधबारै फाइनलमा प्रवेश गरेको थियो।
बुधबार साँझ ढाकास्थित बंगबन्धु रंगशालामा भारतसँग पहिलो हाफ बराबरी खेलेको पाकिस्तानले दोस्रो हाफमा ३ गोल खायो। अन्तिममा १ गोल फर्काएपनि जितका लागि पर्याप्त भएन।
भारतका लागि मनवीर सिंहले २ र सुमित पारीले १ गोल गरे। पाकिस्तानका मोहम्मद अलीले १ गोल फर्काए।
खेलको अन्तिममा दुबै टिमका खेलाडीबीच झगडा हुँदा रेफ्रीले पाकिस्तानका माहसिन अली र भारतका एल छांगटेलाई रातो कार्ड दिएका थिए।
प्रकाशित: २७ भाद्र २०७५ १५:१९ बुधबार