२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तेन्दुलकारद्वारा कोहलीको प्रशंसा

लन्डन – इङ्ल्यान्डविरुद्ध गत साता एडबास्टेनमा सम्पन्न पहिलो टेस्टमा सनसनीपूर्ण ब्याटिङ गरेका विराट कोहलीलाई भारतीय मास्टर ब्याट्सम्यान सचिन तेन्दुलकरले खेलमा केन्द्रित रहँदै मनले डोर्याएको बाटोमा लाग्न सुझाएका छन्।

भारत पहिलो टेस्टमा पराजित भए पनि कोहलीको ब्याट मज्जाले चलेको थियो । भारतका अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन नसक्दा कोहलीले पहिलो इनिङमा १ सय ४९ तथा दोस्रो इनिङमा ५१ रनको योगदान गरेका थिए । तर चौथो दिन बिहान कोहली आउट भएपछि भारतले जितको बाटो समाउन सकेन । भ्रमणकारी टोली ३१ रनले आउट भएपछि भारतीय सञ्चारमाध्यममा कोहलीको व्यापक आलोचना भयो । खास गरी भारतका पूर्वकप्तान सुनील गावस्करले कोहलीको खुलेर आलोचना गरे।

भारत पराजित भए पनि त्यही खेलमा गरेको प्रदर्शनका आधारमा कोहली आइसिसीको टेस्ट ब्याटिङ वरीयतामा स्टिभ स्मिथलाई पछि पार्दै शीर्ष स्थान कब्जा गर्न सफल भए । कोहलीको करियरमा विश्व टेस्ट वरीयताको पहिलो नम्बरमा पुगेको यो पहिलो अवसर थियो । २०११ मा तेन्दुलकरपछि कुनै पनि भारतीय ब्याट्सम्यानले यो उपलब्धि हासिल गरेको पनि यही पहिलो हो। 

‘अझ ब्याट्सम्यान त कहिल्यै पनि सन्तुष्ट हुन मिल्दैन । बलरले एउटा इनिङमा बढीमा १० विकेट मात्र लिन सक्छन् । तर ब्याट्सम्यानले जति पनि रन बनाउन सक्छ । यसको कुनै सीमा हुँदैन।’

‘म उनीबाट यही प्रदर्शनको निरन्तरता चाहन्छु । उनले साँच्चै निक्कै राम्रो गरिरहेका छन् । त्यसैले यसलाई निरन्तरता दिनुपर्छ,’ तेन्दुलकरलाई उद्धृत गर्दै इएसपिएनक्रिकइन्फोले जनाएको छ, ‘तिम्रो वरिपरि के भइरहेछ भन्ने कुराबाट रत्तिभर पनि चिन्तित नहोऊ । आफूले चाहेको उपलब्धिका लागि केन्द्रित भइराख र मनले डोर्याएको पथ पछ्याऊ । पक्कै पनि करियरमा थुप्रै खालका परिस्थितिको सामना गर्नुपर्छ । तर आफूमा लगाव भयो भने लक्ष्यले नै तिमीलाई पछ्याउनेछ।’

उत्तरी लन्डनस्थित मिडलसेक्स ग्लोबल एकेडेमीमा कार्यरत तेन्दुलकरले पहिलो टेस्टको निराशाजनक नतिजाका बावजुद कोहलीले आफ्नो व्यक्तिगत प्रदर्शनमा गौरव गर्नुपर्ने बताए। 

खेलाडीले करियरमा कहिल्यै आफ्नो उपलब्धिबाट सन्तुष्टि लिनु नहुने तेन्दुलकरको सुझाव थियो । ‘मेरो आफ्नै अनुभव भन्ने हो भने सन्तुष्टिपछि ओरालो लाग्ने क्रम सुरु हुन्छ । यसको मतलब निराश हुनुपर्छ भन्ने होइन । आफ्नो प्रदर्शन र उपलब्धिमा खुसी हुनुपर्छ, तर सन्तुष्ट हुनु हुँदैन,’ तेन्दुलकरले भने, ‘अझ ब्याट्सम्यान त कहिल्यै पनि सन्तुष्ट हुन मिल्दैन । बलरले एउटा इनिङमा बढीमा १० विकेट मात्र लिन सक्छन् । तर ब्याट्सम्यानले जति पनि रन बनाउन सक्छ । यसको कुनै सीमा हुँदैन।’

तेन्दुलकरले कोहलीमा विश्व क्रिकेटमा विद्यमान सबैखाले ब्याटिङ कीर्तिमान भंग गर्ने क्षमता रहेको बताउँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे । कोहलीको प्रदर्शन एकरूपको रहने गरेको प्रसंग कोट्याउँदै उनले थपे, ‘विराटमा एउटा बेग्लै खालको आक्रामक स्वभाव छ । जुन आधुनिक क्रिकेटमा सफलताको मुख्य स्रोत बन्न सक्छ । उनी व्यक्तिगत रूपमा विश्व क्रिकेटले पाएको एक सर्वोत्कृष्ट उपहार हुन् । साथमा उनीभित्र नेतृत्व गर्ने क्षमता पनि उत्तिकै प्रशंसनीय छ।’

प्रकाशित: २४ श्रावण २०७५ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App