७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

बेल्जियमले टुङ्ग्यायाे ब्राजिलकाे विश्वकप यात्रा (फोटो फिचर)

काठमाडाैं - पाँच पटकको विश्वविजेता ब्राजिलको रुस विश्वकप यात्रालाई बेल्जियमले क्वार्टरफाइनलमै पूर्णविराम लगाइदिएको छ। रुसको कजान रङ्गशालामा शुक्रबार राती सम्पन्न खेलमा बेल्जियमले ब्राजिललाई २-१ ले पराजित गर्दै सन् १९८६ पछि पहिलो पल्ट सेमिफाइनलमा स्थान बनाउन सफल भयो। 

बेल्जियमको जितमा गोलरक्षक थिबट कोर्टिस र केभिन डि व्रोयन नायक रहे। कोर्टिसले ब्राजिलद्वारा प्रहार गरिएका कठिन सटहरुलाई समेत उत्कृष्ट बचाव गरेका थिए। खेल अवधिभर उनी विपक्षी टोलीका प्रहार बचाउन व्यस्त देखिन्थे। बेल्जियमकालागि विजयी गोल भने केभिन डि व्रोयनले गरे। पहिलो हाफको ३१ औं मिनेटमा रोमेलु लुकाकुको पासलाई सदुपयोग गर्दै डि व्रोयनले डि बक्स वाहिरबाटै गरेको प्रहारले गोलपोष्टको जाली चुम्न पुगेको थियो।

बेल्जियमले खेलमा अग्रता भने १३ औं मिनेटमा फर्नान्डिन्होको आत्मघाती गोल मार्फत बनाएको थियो। नसिर चाड्लीले कर्नरमार्फत प्रहार गरेको बल ब्राजिलका फर्नान्डिन्होको शरिरमा लाग्दै गोल हुन पुग्दा ब्राजिल पछि परेको थियो। 

पहिलो हाफमा दुई गोलले पछि परेपछि दोश्रो हाफमा अझै आक्रामक बनेको ब्राजिलले अधिकांश समय बल आफनो पक्षमा राख्दै विपक्षीको गोलपोष्टमा प्रहार गरेपनि गोलरक्षक र डिफेन्डरको उत्कृष्ट बचाव ब्राजिलकालागि टाउको दुखाइ बन्यो। लगातारको आक्रमणपछि ब्राजिल ७६ औं मिनेटमा सफल भयो। खेलको ७३ औं मिनेटमा पौलिन्होको ठाँउमा आएका अगस्टोले मैदान प्रवेस गरेको ३ मिनेटपछिनै कौटिन्होको पासमा गोल गर्दै खेलमा फर्कने आशालाई जिवित पारेपनि त्यसपछि गोल गर्न नसक्दा ब्राजिलले बेल्जियमलाई २-१ ले नतिजा सुम्पदै प्रतियोगिताबाट वाहिरीयो। 

सन् २०१४ को विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको ब्राजिल जारी विश्वकपमा भने क्वार्टरफाइनलबाटै वाहिरिएको छ। ब्राजिललाई पराजित गदै ३२ वर्षपछि सेमिफाइनलमा स्थान बनाएको बेल्जियमले सेमिफाइनलमा फ्रान्स प्रतिद्वन्द्वी पाएको छ। शुक्रबारनै भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।  

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App