१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रेफ्रिबाट अन्याय भयो: सर्बिया

पेनाल्टीका लागि अपिल गर्दै सर्बियाका मेट्रोभिक ।

काठमाडाैं - सर्बिया फुटबल संघले रेफ्रिको निर्णय विरुद्ध फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दर्ता गराएको छ।

गत शुक्रबार स्विट्जरल्याण्डसँग भएको खेलमा रेफ्रि फेलिक्सको निर्णय अन्यायपूर्ण भएको भन्दै सर्बियाले उजुरी दर्ता गराएको हो। उक्त खेलमा सर्बिया स्विट्जरल्याण्डसँग पराजित भएको थियो । सो खेलमा सर्बियाले १ र स्विट्जरल्याण्डले २ गोल गरेको थियो ।

उजुरी दर्ता गराएको बारे जानकारी गराउँदै सर्बियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'हामीमाथि अन्याय गर्ने सातवटा रेफ्रिका निर्णय बारेको भिडियो सहित उजुरी गरेका छौ जसमा प्रष्ट भएको छ की खेलका दौरान फेलिक्सका निर्णयहरु कसरी हाम्रो टोली विरुद्ध केन्द्रित रहेका छन्।'

एउटै अवस्थामा आफ्ना खेलाडीहरुलाई पहेँलो कार्ड दिएको तर विपक्षी टोलीका खेलाडीलाई भने चेतावनी मात्रै दिएर छोडिएको सर्बियाको भनाइ छ। स्विट्जरल्याण्डसँगको खेलमा सर्बियाका मिट्रोभिक,सेरगेज र म्याटिकले पहेँलो कार्ड पाएका थिए।

सर्बियाले सबैभन्दा ठुलो प्रश्न आफ्नो टिमलाई दोश्रो हाफमा पेनाल्टी नदिइएकोमा गुनासो गरेको छ। दोश्रो हाफमा सर्बियाका एलेक्जेण्डर मेट्रोभिकमाथि डि बक्स एरियाभित्र खराब फल गरिएपनि पेनाल्टी नदिनु निकै दुःखद निर्णय भएको सर्बिया फुटबल संघले बताएको छ। संघले संसारलाई नै मेट्रोभिकमाथि गरिएको फल पेनाल्टी हुनुपर्ने थाहा भएको बताउँदै पेनाल्टीकालागि खेलाडीहरुले अपिल गर्दा पनि भिएआर (भिडियो एसिस्टेन्ट रेफ्रि) को सहायता रेफ्रिले नलिएर अन्याय भएको उल्लेख गरेको छ।

प्रकाशित: १० असार २०७५ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App