५ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

विश्व च्याम्पियनसिपका लागि ढुक्क भए तयारी थाल्नुस: सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेश्रो थाउलो विश्व कपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका छन्।

सदस्य-सचिव घिसिङले बुधबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाइ दिदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका हुन्।

‘विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अगाडि बढ्नुस्।बाँकी कुराको केहि चिन्ता गर्नु पर्दैन।आवश्यक सहयोगका लागि परिषद् तयार छ।’ सदस्य–सचिव घिसिङले भने।

सदस्य–सचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोबर्धन जस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउदै थाउलो विश्व कपको पुरस्कारका लागि प्रकृया सुरु भइसकेको जानकारी गराए।

विजयले जापानको योकोहामामा अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्व कपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन्।चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धी मध्ये ५ औं स्थानमा रहँदै विजय थाउलो विश्व कपका लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जनाएका छन्।सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कांस्य जितेका थिए।

विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत र १३ औं सागमा स्वर्ण जितेका छन्। थाउलो विश्व कपमा नेपालबाट विजयसहित ५ खेलाडीले सहभागिता जनाएका थिए।निमा घर्ती मगर, राजीव तामाङ, दीपक हमाल र पासाङ शेर्पा पदकविहीन बने।

प्रकाशित: ५ मंसिर २०८१ १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App