६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

चौथो अल नेपाल अन्तर वडा टेबल टेनिस हुने

स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा मंसिर ११ देखि १५ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताका खेलहरू लैनचौर टेबल टेनिस हलमा हुनेछ।

आयोजकले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगितामा  ११ स्पर्धामा ४५० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको मेन्स / वुमेन्स टिम इभेन्ट्स, भेट्रान टिम (४० वर्षमाथि) का शीर्ष तीन खेलाडी (तेस्रो हुने दुई) लाई शिल्ड प्रदान गरिनेछ । मेन्स /वुमेन्स सिंगल्स इभेन्ट्सका शीर्ष तीन (सेमिफाइनलिष्ट) खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय नगद पुरस्कार, मेडल तथा प्रथम हुनेले ट्रफी पाउनेछ । १६ वर्ष मुनिका ब्वाइज सिंगल्स र गल्र्स सिंगल्स र भेट्रान्स सिंगल्समा पहिलो, दोस्रो र तेस्रो (सेमीफाइनलिस्ट) हुने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कारका साथै मेडल, च्याम्पियनले ट्रफी पनि पाउनेछ । 

साथै स्वर्ण, रजत र कांस्यपदकको आधारमा सर्वोत्कृष्ट वडालाई रनिङ शिल्ड प्रदान गरिने आयोजकको भनाइ छ । 

प्रकाशित: ५ मंसिर २०८१ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App