५ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

चन्द्रागिरीका तीन खेलाडी समर गेम्समा

आइएसएफ जिम्नासाइड समर गेम्समा प्रतिस्पर्धा गर्ने चन्द्रागिरी नगरपालिकाका टोलीलाई बिदाइ गरिएको छ। आगामी अक्टोबर २३ देखि ३१ तारिखसम्म बहराइनको मानामामा हुने आइएसएफ जिम्नासाइड हुँदै छ। 

नैकापस्थित ब्राइट फ्युचर स्कुलले उक्त जिम्नासाइड समर गेम्समा प्रतिस्पर्धा गर्ने खेलाडीसहित प्रशिक्षक र अफिसियललाई शनिबार बिदाइ गरेको हो। चन्द्रागिरी नगरपालिकाबाट तीन खेलाडी, दुई प्रशिक्षक र एक टोली प्रमुखसहित ६ जनाले मानामा जाँदैछन्। पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्वयुवा तथा खेलकुद मन्त्री रमा आलेमगर, चन्द्रागिरी नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठ, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापालगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

उक्त गेम्समा तेक्वान्दोका उज्ज्वल वाग्ले, लवाङ लामा र निबिता केसीले प्रतिस्पर्धा गर्नेछन्। उज्ज्वलले फाइटतर्पm पुरुष ७० केजीमाथि तथा लवाङ र निबिताले एकल र पेयर पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन्। प्रशिक्षकमा तेक्वान्दोका सुवास तामाङ र बक्सिङका दीपक महर्जन रहेका छन्। टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाधयक्ष मोहनकुमार कार्की छन्। उनीहरूसहित विभिन्न खेलका खेलाडी, प्रशिक्षक र टिम अफिसियलसहित ५८ सदस्यीय नेपाली टोली आगामी बुधबार बहराइन प्रस्थान गर्ने कार्यक्रमका छ।

आइएसएफको आयोजनामा हुने जिम्नासाइड समर गेम्समा कुल २६ खेल प्रतिस्पर्धा हुँदै छ। जसमा नेपालको तर्पmबाट विभिन्न पाँच खेलका खेलाडीको सहभागिता हुने भएको छ। नेपालबाट ब्याडमिन्टनमा एक, बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा १५ (चार टिम), बक्सिङमा पाँच, टेबलटेनिसमा ६ र तेक्वान्दो पाँच खेलाडी सहभागी हुने विद्यालय खेलकुद महासंघका सचिव एवं बहराइन जाने टोलीका व्यवस्थापक सोबिनराज रेग्मीले जानकारी दिए।

यु–२० उमेरसमूहको आइएसएफ जिम्नासाइड सन् १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो। यसपल्ट २०औं संस्करण बहराइनमा हुन लागेको हो। हरेक दुई वर्षको अन्तरमा हुने आइएसएफ जिम्नासाइडमा गत संस्करणदेखि नेपालले पहिलोपल्ट सहभागिता जनाएको लागेको हो। पहिलो प्रतिस्पर्धामा नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो।

प्रकाशित: ४ कार्तिक २०८१ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App