५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

चौताराको पराकिलो जित

प्रतियोगितामा प्रतिस्पर्धा गर्दै अँधेरी युथ क्लब (नीलो) र चौतारा स्पोर्टिङका खेलाडी (पहेँलो)। तस्बिरः नागरिक

सिन्धुपाल्चोक – अँधेरी युथ क्लब र चौतारा स्पोर्टिङ क्लब प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

चौताराको टुँडिखेलमा भएको प्रतिस्पर्धात्मक खेलमा लिलफङ (घले समाज) लाई ०–१ ले पराजित गर्दै अँधेरी क्वार्टरफाइनल पुगेको हो। खेलको २३औँ मिनेटमा मनीष थापाले गरेको एक मात्र गोल नै अँधेरीको जितमा निर्णायक बन्यो।

ठूलो संख्यामा उपस्थित घरेलु दर्शकको हुटिङले हौसिएको लिलफङले खेलमा फर्कन आधा दर्जनभन्दा बढी सशक्त प्रहार ग¥यो । हरेक प्रहारलाई सुन्दर बचाउ गर्दै अँधेरीका गोलकिपर एन्जल श्रेष्ठ बाधक बने।

खेलको ७०औँ मिनेटतिर निर्णायक गोल गरेका अँधेरीका मनीष दोहोरो पहेँलो कार्ड बाहिर गए । लिलफङका सन्देश गुरुङ खेलको म्यान अफ दी म्याच घोषित भए।

यसअघिको खेलमा चौतारा स्पोर्टिङले ठूलो सिरुवारी क्लबलाई ६–० को फराकिलो गोलअन्तरमा हरायो । खेलको पहिलो मिनेटमै विक्रान्तसिंह लामाको गोलबाट अग्रता लिएको चौताराले एकपक्षीय खेल खेल्दै मध्यान्तरअघि नै तीन गोल गर्यो । २५औँ मिनेटमा रोशन तामाङले गोल थप्दै अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा विक्रान्तसिंहले व्यक्तिगत दुई गोल पुर्याएपछि मध्यान्तरअघि चौताराले ३–० को अग्रता बनायो।

मध्यान्तरपछि पनि चौताराले तीन गोल थप्यो । ४८औँ मिटेनमा सविन सापकोटा, ६८औँ मिनेटमा सविन सापकोटा र ७९औँ मिनेटमा रोशन ठकुरीले एक–एक गोल थपेपछि चौताराले ६–० गोलको सहज जित सुनिश्चित गर्यो । खेलको म्यान अफ द म्याच चौताराकै रोशन भए।

म्यान अफ द म्याच घोषित खेलाडीले जनही ३ हजार नगद र ट्रफी पाए । आयोजक तोप–२१ ले दुवै खेलका विजेता टोलीलाई नगद ५ हजार र उपविजेतालाई ३ हजारका दरले प्रोत्साहन रकम प्रदान ग¥यो । उद्घाटन खेल जित्दै एन्फा–यु १६ क्वार्टरफाइलनमा पुगिसकेको छ।

प्रकाशित: २२ चैत्र २०७४ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App