६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फुल कन्ट्याक्ट करातेमा परिसालाई स्वर्ण

परिसा खड्गीले छैटौं आइएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेकी छन्।

इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके) द्वारा आयोजित प्रतियोगिताको महिला ४५ केजीमुनि परिसाले स्वर्ण जितेकी हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितामा परिसाले फाइनलमा सरस्वतीकुमारी बोहरालाई हराएकी हुन्। सपना तामाङले कांस्य जितिन्। महिला ४० केजीमुनि शिवानी आलेमगरले स्वर्ण जितिन्। शिवानीले फाइनलमा कृतिका लामालाई हराइन्। यसै तौलमा प्रास्नी तामाङ तेस्रो स्थानमा रहिन्। पुरुष ३५ केजीमुनि आरुस थापाले सफलता पाए।

उनले फाइनलमा इशान सापकोटालाई हराउँदै पहिलो भए। अमनकुमार गुप्ता तेस्रो स्थानमा रहे। पुरुष ४० केजीमुनि आकाश नेपालीले स्वर्ण जिते। उनले फाइनलमा मनोज अग्रीलाई पन्छाए। साजन वाइबा तेस्रो स्थानमा रहे। 

पुरुष ४५ केजीमुनि प्रवेश गुरुङले स्वर्ण जिते। उनले फाइनलमा सागर तामाङको चुनौती समाप्त पारेका हुन्। शेख रिजवान तेस्रो स्थानमा रहे । पुरुष ५० केजीमुनि सरोज राईले स्वर्ण पदक जित्दा फाइनलमा अनिलकुमार लोहारमाथि जित रचे। बसन्त सारु मगर तेस्रो भए।

सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाए। कुल एक लाख ३१ हजार रूपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो। विजेतालाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धर र आयोजक आइएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए। एकदिने प्रतियोगिताको पुरुषमा चार र महिलामा दुई गरी कुल ६ स्पर्धामा एक सय खेलाडीले चुनौती प्रस्तुत गरेका थिए।

प्रकाशित: ६ आश्विन २०८१ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App