१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

एन्फा महिला लिग : चन्द्रपुरविरुद्ध एपीएफको गोलको वर्षा

तस्बिर एन्फा

एन्फा महिला लिग फुटबलमा सोमबार भएको दोस्रो खेलमा चन्द्रपुर नगरपालिका विरुद्ध एपीएफ क्लबको सानदार जित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६ -० गोलबाट हराएको हो ।

एपीएफलाई भारी गोल अन्तरबाट जिताउन रेनुका नगरकोटीले २ तथा सविता रानामगर , प्रीति राई र गीता रानाले एक एक गोल गरेका हुन । 

यो जितसंगै एपीएफले ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक जोडेको छ भने चन्द्रपुर ३ खेलमा २ हार १ बराबरीसँग १ अंकमा सीमित रहेको छ ।

मंगलबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ । 

प्रकाशित: २४ भाद्र २०८१ १८:३९ सोमबार

#ANFA Women's League Football