१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङमा २१ खेल छनोट

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले खेलाडीको उपलब्धता र खेल क्षेत्रको सम्भावनालाई हेरेर राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ मध्ये २१ खेललाई प्रारम्भिक छनौट गर्दै सम्पर्कमा आउन आग्रह गरेको छ ।  

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश) मावोले ताप्लेजुङमा उपलब्ध खेलाडी र खेल क्षेत्रको सम्भावनाका आधारमा राष्ट्रिय खेलकुदमा खेलाडी सहभागिता गराउन सकिने बताए । उनले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन सकिने खेल विधाका आधारमा जिल्ला खेलकुद विकास समितिमा सम्पर्क राख्न आग्रह गरेका छन् ।  

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले विधागतरुपमा सम्पर्कमा आएका खेलाडीले दिएको आवेदनका आधारमा राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट गरिने जानकारी दिए ।  

जिल्ला खेलकुद विकास समितिले एथलेटिक्स, व्याडमिन्टन, पुरुष क्रिकेट, पुरुष तथा महिला फुटबल, बक्सिङ, पुरुष तथा महिला भलिबल, शारीरिक सुगठन, बुद्धिचाल, टेवलटेनिस खेल बिधामा ताप्लेजुङबाट खेलाडी सहभागिता गराउन सकिने प्रारम्भिक सूची तयार गरेको छ ।  

यस्तै उसु, आर्चरी, सुटिङ साइक्लिङ, प्याराग्लाईडिङ, महिला तथा पुरुष दुबैतर्फको कबड्डी, तेक्वान्दो, कराँते र आई.टी.एफ तेक्वान्दोमा समेत यहाँबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी पठाउन सकिने जिल्ला खेलकुद विकास समितिको बुझाई रहेको छ ।  

आउँदो मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने तयारी छ । 

प्रकाशित: २९ श्रावण २०८१ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App