२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

भारतले नेपाललाई दियो १७९ रनको विजयी लक्ष्य

एसिसी महिला एसिया कप क्रिकेट अन्तर्गतको भारतविरुद्धको जारी खेलमा भारतले नेपाललाई खेल जित्न १७९ रनको विजयी लक्ष्य दिएको छ।

मंगलबार श्रीलङ्काको डम्बुलामा टस जितेर पहिला फिल्डिङमा उत्रेको भारतले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १७८ रनकाे याेगफल खडा गर्‍याे।

भारतका लागि ओपनर दुवैले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। ओपनर शेफाली वर्माले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ८१ रन बनाइन्। उनले मात्र ४८ बलमा टिमका लागि उक्त सङ्ख्याको रन जोडेकी थिइन्। यस क्रममा उनले एक छक्का र १२ चौका प्रहार गरिन्।

यसैगरी अर्की ओपनर दयालन हेमलताले ४२ बलमा ४७ रन बनाइन्। उनले एक छक्का ४ चौका प्रहार गरिन्। सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन्।

नेपालका लागि सीता राना मगरले दुई विकेट लिइन्। उनले ४ ओभरमा २५ रन खर्चिइन्। यसैगरी कविता जोशीले एक विकेट लिइन्। उनले ४ ओभरमा ३६ रन खर्चिइन्। 

प्रकाशित: ८ श्रावण २०८१ २०:४० मंगलबार