२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल किर्गिस्तानसँग खेल्दै

फाइल तस्बीर

माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले सोमबार राति किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।खेल‌ नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ।

पहिलो सेमिफाइनलमा श्रीलङ्का र माल्दिभ्सबीच खेल हुनेछ। अंक तालिकामा पहिलो (श्रीलङ्का) र चौथो (माल्दिभ्स)तथा दोस्रो (किर्गिस्तान) र तेस्रो (नेपाल) स्थानमा रहने टोलीबिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो। 

लिग चरणमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो।

प्रकाशित: ७ श्रावण २०८१ १६:१४ सोमबार