२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेटर सन्दीप लामिछाने सम्मानित

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ। 

आज यहाँ एक कार्यक्रमको आयोजना गरी  उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो।

उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका छन्।

त्यस अवसरमा  नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन्।  भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले बताइन्।  

प्रकाशित: १८ असार २०८१ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App