१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तानविरुद्ध भारत ६ रनले विजयी

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल जित्न १२० रनको लक्ष पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्याे।

पाकिस्तानका लागि मोहम्मद रिज़वानले ४४ बलमा सर्वाधिक ३१ रन बनाए। यस क्रममा उनले १ छक्का र १ चौका प्रहार गरे।

यसैगरी कप्तान बाबर आजमले १० बलमा, उस्मान ख़ानले १५ बलमा र फ़ख़र ज़मानले ८ बलमा समान १३ रनको योगदान दिए।

इमाद वसीमले १५, नसीम शाहले १०, शादाब ख़ानले ४ र इफ़्तिख़ार अहमदले ५ रन बनाए। पाकिस्तानका शाहीन शाह अफ़रीदी भने शून्य रनमा आउट भए। 

भारतका लागि जसप्रीत बुमराहले ४ ओभरमा १४ रन खर्चिँदै ३ विकेट लिए। हार्दिक पंड्याले २, अर्शदीप सिंह र अक्षर पटेलले समान एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमा अलआउट भएको थियो।

भारतका लागि ओपनर द्वय कप्तान रोहित शर्मा र विराट कोहोलीले सोचे अनुरूप प्रदर्शन गर्न सकेनन्।

कप्तान रोहित १२ बलमा १३ रन बनाएर आउट भए। विराटले ३ बलको सामना गर्दै ४ रन बनाएर क्याच आउट भए। ऋषभ पंतले सर्वाधिक ४२ रन बनाए। उनले ३१ बलको सामना गर्दै उक्त रन जोडेका थिए।

अक्षर पटेलले भारतका लागि २० रनको योगदान दिए। उनले १८ बल खेल्दै एक छक्का र दुई चौकाको मदतमा टिमका लागि सो संख्या जोडेका थिए।

रवींद्र जाडेजा र जसप्रीत बुमराह शून्यमा आउट भए। सूर्यकुमार यादवले ७, शिवम दुबेले ३, हार्दिक पंड्याले ७ अर्शदीप सिंहले ९ रन जोडे।

पाकिस्तानका लागि नसीम शाह र  हारिस रउफ़ले समान ३-३ विकेट लिए। शाहीन शाह अफ़रीदीले १ र मोहम्मद आमिरले २ विकेट लिए।

प्रकाशित: २८ जेष्ठ २०८१ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App