४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

कृषि विकास बैंकको सद्भावना दूतमा महिला फुटबलकी साम्बा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दूत नियुक्त भएकी छिन् ।

बैंकले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्भावना दुत नियुक्त गरेको जनाएको हो । वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिने गरी एक वर्षको सम्झौता भएको हो ।

 सम्झौता अनुसार साम्बा १ वर्षका लागि  बैकको ब्रान्ड एम्बेसडरका रुपमा रहने छिन  र सम्झौता बापत साम्बाले बैंकको प्रचारमा सहयोग गर्ने छिन । कार्यक्रममा उनले गाउँको बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु सानो कुरा नभएको बताइन । 

प्रकाशित: २५ जेष्ठ २०८१ १६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App