१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

अनुशा ग्रिस जाने

बास्केटबल खेलाडी अनुसा मल्लले ग्रिसको ओलम्पियामा हुने ६४औं ‘योङ ओलम्पिक एम्बासडर’ महोत्सवमा भाग लिने भएकी छन्। महोत्सवमा समाजमा खेलाडीको भूमिकाबारे छलफल हुनेछ। त्यस क्रममा खेलाडीले ओलम्पिक मूल्य र मान्यताबारे बुझ्नेछन्।

यस्तै अन्य सहभागीलाई उनले नेपालको खेलकुद स्थितिबारे जानकारी दिनेछिन्। नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक समारोहबीच अनुशालाई बिदाइ गरे।

कार्यक्रम जुन ८ देखि २१ सम्म हुनेछ र यसमा विश्वभरिका २०–४० वर्षका युवा खेलाडीको सहभागिता रहनेछ। ओलम्पिकको सुरुआत ग्रिसबाट भएको इतिहास छ। आधुनिक ओलम्पिकको पहिलो संस्करण ग्रिसमै सन् १८९६ मा भएको थियो।

प्रकाशित: २५ जेष्ठ २०८१ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App