१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

शुक्रबार सुरु हुने एआईए बास्केटबलमा ६६ टिम सहभागी हुने, तयारी पूरा

अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।  

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी एआईएका प्रबन्ध निर्देशक विष्णु अर्यालले प्रतियोगितामा ६६ टिमको सहभागिता रहने जानकारी दिए । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहने छ । खेल लिग कम नकआउट आधारमा हुनेछ ।  

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने एआईएका भाइस प्रिन्सिपल खगेश्वरी गिरीले जनाएका छन् । तीन दिने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

प्रकाशित: २४ जेष्ठ २०८१ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App