२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया कप ट्रायथलनको उपाधि ईसमेल र ईड्डालाई

दक्षिण एसियाली ट्रायथलनमा भारतीय खेलाडीको वर्चस्व

एसियन ट्रायथलन च्याम्पीयनसीप (एसिया कप) पुरुषतर्फको उपाधि ईजिप्टका सिफेलडिन ईसमेलले जितेका छन। पोखरामा शनिबार भएको एसिया कप ट्रायथलमा उनले स्विमिङ ९ मिनेट १२ सेकेण्ड, साईक्लिङ २९ मिनेट १४ सेकेण्ड र दौड १६ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्। सो स्पर्धामा अष्ट्रेलियाका ब्रुक्लिन हेनरीले स्विमिङ ९ मिनेट १६ सेकेण्ड, साईक्लिङ २९ मिनेट २७ सेकेण्ड र दौड १६ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै द्वितीय, जापानका मिट्सुहो मोचीजुकीले स्विमिङ ८ मिनेट २९ सेकेण्ड, साईक्लिङ २९ मिनेट ४० सेकेण्ड र दौड १७ मिनेट ४० सेकेण्डमा दुरी पूरा गर्दै तृतीय भए।

त्यस्तै, अष्ट्रेलियाकै निक फ्रिस्बीले स्विमिङ ९ मिनेट २ सेकेण्ड, साईक्लिङ २९ मिनेट ४० सेकेण्ड र दौड १७ मिनेट १४ सेकेण्डमा दुरी पूरा गर्दै चौथो हुँदा जापानका यूया कोबेयासीले स्विमिङ ८ मिनेट ४१ सेकेण्ड, साईक्लिङ २९ मिनेट ५९ सेकेण्ड र दौड १७ मिनेट ४० सेकेण्डमा दुरी पूरा गर्दै पाचौं स्थान प्राप्त गरे।

एसियन ट्रायथलन च्याम्पीयनसीप (एसिया कप)को महिलातर्फको उपाधि ईजराईलका ईड्डा जानेसडोटिरले जितेकी छन्। ईड्डाले स्विमिङ ९ मिनेट २१ सेकेण्ड, साईक्लिङ ३० मिनेट २५ सेकेण्ड र दौड १८ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै जितेकी हुन्। सो स्पर्धामा गुआमका मानामी लिजिमाले स्विमिङ ९ मिनेट २५ सेकेण्ड, साईक्लिङ ३० मिनेट २३ सेकेण्ड र दौड १९ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै द्वितीय र उज्वेकिस्तानका एलिना खाकीमोवाले स्विमिङ १० मिनेट ३९ सेकेण्ड, साईक्लिङ ३२ मिनेट ८ सेकेण्ड र दौड १९ मिनेट ४७ सेकेण्डमा दुरी पूरा गर्दै तृतीय भईन्।

त्यस्तै, ईण्डोनेसियाका मार्टिना अयू प्रतिवीले स्विमिङ ९ मिनेट ४८ सेकेण्ड, साईक्लिङ ३२ मिनेट ५८ सेकेण्ड र दौड २० मिनेट ३३ सेकेण्डमा पूरा गर्दै चौथो र जापानका ईकुमी सेतोले स्विमिङ १० मिनेट ४० सेकेण्ड, साईक्लिङ ३४ मिनेट ८ सेकेण्ड र दौड १८ मिनेट ५८ सेकेण्डमा पार गर्दै पाचौं भईन्।  

दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीपको उपाधिमा भारतका खेलाडीहरुले बर्चस्व राखेका छन्। पोखरामा शनिबार भएको च्याम्पीयनसीपको पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले वर्चस्व राखेका हुन्। च्याम्पीयनसीपको पुरुषतर्फको उपाधि छिमेकी देश भारतका आदर्श मुरलीधरण नैयर र महिलातर्फको उपाधि मान्सी मोहितले जिते। आदर्शले स्विमिङ ९ मिनेट ५५ सेकेण्ड, साईक्लिङ ३२ मिनेट १६ सेकेण्ड र दौड १८ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्।

 सो स्पर्धामा भारतकै कौशिक विनय मलान्डकरले स्वमिङ ९ मिनेट ५० सेकेण्ड, साईक्लिङ ३२ मिनेट १६ सेकेण्ड र दौड १९ मिनेट ३८ सेकेण्डमा दुरी पूरा गर्दै दोश्रो र नेपालका विपन खतकट्वाले स्वमिङ ११ मिनेट ३३ सेकेण्ड, साईक्लिङ ३३ मिनेट ३६ सेकेण्ड र दौड १८ मिनेट २६ सेकेण्डमा दुरी पूरा गर्दै तेश्रो भए। त्यस्तै, नेपालकै प्रविन थारुले स्वमिङ १२ मिनेट १७ सेकेण्ड, साईक्लिङ ३३ मिनेट ३२ सेकेण्ड र दौड १८ मिनेट ३१ सेकेण्डमा दुरी पूरा गर्दै चौथो हुँदा नेपालकै मुकेश थारुले स्वमिङ १२ मिनेट ४० सेकेण्ड, साईक्लिङ ३४ मिनेट १५ सेकेण्ड र दौड १९ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै पाचौं भए। 

च्याम्पीयनसीपको महिलातर्फ च्याम्पीयन बनेकी भारतकी मान्सीले स्वमिङ १० मिनेट ४४ सेकेण्ड, साईक्लिङ ३४ मिनेट १९ सेकेण्ड र दौड २१ मिनेट १२ सेकेण्डमा पूरा गरिन् । त्यस्तै, नेपालकी श्रेवी महर्जनले स्वमिङ ११ मिनेट २४ सेकेण्ड, साईक्लिङ ३६ मिनेट ८ सेकेण्ड र दौड २२ मिनेट ७ सेकेण्डमा दुरी पूरा गर्दै द्वितीय हुँदा नेपालकै शोभा बलामीले स्वमिङ १४ मिनेट ४१ सेकेण्ड, साईक्लिङ ३९ मिनेट ३४ सेकेण्ड र दौड २५ मिनेट ९ सेकेण्डमा पूरा गर्दै तृतीय स्थान हासिल गरिन। 

च्याम्पीयनसीप अन्तर्गत राष्ट्रिय प्रतिष्पर्धाको पुरुषतर्फ विपन खतकट्वाले स्वमिङ ११ मिनेट ३३ सेकेण्ड, साईक्लिङ ३३ मिनेट ३६ सेकेण्ड र दौड १८ मिनेट २६ सेकेण्डमा पूरा गर्दै प्रथम भए। सो स्पर्धामा प्रविन थारुले स्वमिङ १२ मिनेट १७ सेकेण्ड, साईक्लिङ ३३ मिनेट ३२ सेकेण्ड र दौड १८ मिनेट ३१ सेकेण्डमा दुरी पूरा गर्दै द्वितीय,  मुकेश थारुले स्वमिङ १२ मिनेट ४० सेकेण्ड, साईक्लिङ ३४ मिनेट १५ सेकेण्ड र दौड १९ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै तृतीय र यजु महर्जनले स्वमिङ ११ मिनेट ३२ सेकेण्ड, साईक्लिङ ३६ मिनेट २० सेकेण्ड र दौड २५ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै चौथो भए।

पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाईडलाई केन्द्रीत गरेर आयोजित च्याम्पीयनसीपको स्प्रिन्ट विधा अन्तर्गत ७ सय ५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड राखिएको थियो।

प्रतियोगिताको च्याम्पीयनले ६ सय ३० अमेरिकी डलर अर्थात करिब ८४ हजार, द्वितीय हुनेले ५२५ डलर अर्थात करिब ७० हजार, तृतीय हुनेले ४२० डलर अर्थात करिब ५६ हजार, चौथो हुनेले ३१५ डलर अर्थात ४२ हजार र पाचौं हुनेले २१० डलर अर्थात करिब २८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको नेपाल ट्रायथलन एशोसिएसन (एनटिए)का उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए।

प्रकाशित: १५ वैशाख २०८१ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App