१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप छनोट फुटबल: दोस्रो खेलमा बहराइनसँग नेपाल पराजित

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसंग नेपाल पराजित भएको छ।

मंगलबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा बहराइनसंग नेपाल ३–० ले पराजित भएको हो।

घरेलु टिमलाई जित दिलाउन बहराइनका सायेद बाकेर मेह्दी, अब्दुल्ला युसुफ र कामिल अल अस्वदले गोल गरे। बहराइनले तीन गोल पहिलो हाफमा गरेको हो। जितसँगै चार खेलबाट नौ अंक जोडेको बहराइन तालिकाको दोस्रो स्थानमा छ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ। यो समूहमा नेपालसँगै बहराइन, युनाइटेड अरब इमिरेट्स (यूएई) र यमन छन्।

प्रकाशित: १४ चैत्र २०८० ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App