१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप छनोट फुटबल: नेपालले बहराइनसँग खेल्दै

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र बहराइनवीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ।

विश्वकप छनोटको सम्भावनालाई कायमै राख्न नेपालसामु आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेलमा नेपाल पराजित भएमा विश्वकप र एसिया छनोट खेल्नबाट बाहिरिनेछ। नेपाल पहिलो चरणको खेलमा लाओसलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको थियो। त्यस्तै दोस्रो चरणको खेलमा नेपालले जित हासिल गर्न सकेको छैन। दोस्रो चरणअन्तर्गत नेपालले तीनवटै खेलमा पराजय भोगेको थियो। संयुक्त अरब इमिरेट्स ९युएई० मा भएको पहिलो खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो।

त्यसैगरी घरेलु मैदानमा भएको यमन विरुद्धको दोस्रो खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको थियो। यही चैत ८ गते भएको दोस्रो चरणअन्तर्गतको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो।  

दोस्रो चरणमा नेपाल समूह ‘एच’मा रहेको छ। नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन्। तीन खेलमा तीनवटैमा जित हासिल गर्दै युएई नौ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै समान तीन खेल खेलेको बहराइन दुई खेलमा जित हासिल गर्दै ६ अङ्कका साथ दोस्रो स्थानमा छ। त्यसैगरी तीन खेलमा तीन अङ्क बटुल्दै यमन तेस्रो स्थानमा छ। समान तीन खेल नै खेलको नेपाल तीनै खेलमा हार बेहोरर्दै अङ्कविहिन छ।

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन्। त्यसैगरी डिफेन्डरमा अभिषेख लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, शनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन्।

त्यस्तै मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, समिर तामाङ, सञ्जिव विष्ट, हिसुब थपलिया र जिलेस्पीजङ्ग कार्की छन्। 

प्रकाशित: १३ चैत्र २०८० १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App