१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

आजको खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

टी–२० अभ्यास खेल अन्तर्गत नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको दोस्रो खेल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको यो खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

सोमबार भएको पहिलो खेलमा सानदार ६ विकेटले जित हात पारेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालले सोमवारको खेलमा आयरल्यान्ड वुल्भ्सलमाथि ६ विकेटको जित हात पारेको थियो।

यो खेल सकिए पछि नेपाल ‘ए’ ले विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड वुल्भ्ससँगै ३ टी ट्वान्टी र ३ एकदिवसीय खेल खेल्ने छ।

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको तीन वटा खेल २८ मार्चबाट सुरु हुनेछ।

प्रकाशित: १३ चैत्र २०८० १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App