७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

आईपीएल २०२४ आजबाट, धोनीको कप्तानी बिनै बैङ्गलोरसँग भिड्दै चेन्नई

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ।

चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

तर, यसपटक चेन्नई भने महेन्द्रसिंह धोनीको कप्तानी बिनै मैदान उत्रदै छ। चेन्नईको कप्तानी गर्दै पाँच पटक उपाधि दिलाएका धोनीले यस सिजनमा भने कप्तानी नगर्ने भएका छन्। उनको स्थानमा चेन्नईको नयाँ कप्तानमा ऋतुराज गायक्वाडलाई नियुक्त गरिएको छ।

धोनीले कप्तानी नगर्ने भएपछि उनका समर्थकहरू भने निराश बनेका छन्। तर, खेलमा धोनीको भूमिका भने महत्त्वपूर्ण हुनेछ।

आईपीएलले पहिलो चरणमा १८ दिनको खेल तालिका मात्रै सार्वजनिक गरेको छ। भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राखेर आईपीएलले अप्रिल ७ सम्म हुने खेलको तालिका मात्रै सार्वजनिक गरेको छ।

भारतमा आगामी १९ अप्रिलबाट जुन २१ सम्म लोकसभाको निर्वाचन हुनेछ। त्यसपछि आईपीएलका बाँकी खेलहरू हुनेछन्।

चेन्नईको स्क्वाडः महेन्द्र सिंह धोनी, ऋतुराज गायक्वाड (कप्तान), मोईन अली, दीपक चाहर, तुषार देशपाण्डे, शिवम दुबे, अजय मण्डल, मुकेश चौधरी, अजिङ्क्या रहाणे, शाइक रशीद, मिचेल सेन्टनेर, सिमरजीत सिंह, निशान्त सिन्धू, प्रशान्त सोलन्की, महीष तीक्ष्णा, रचिव रविन्द्र, शार्दुल ठाकुर, डेरिल मिचेल, समीर रीजवी, मुस्ताफिजुर रहमान, अवनीश राव अरावेली

बैङ्गलोरको स्क्वाडः विराट कोहली, फाफ डु प्लेसी (कप्तान), ग्लेन म्याक्सवेल, रजत पाटीदार, अनुज रावत, दिनेश कार्तिक, सुयश प्रभुदेसाई, विल ज्याक्स, महिपाल लोमरोर, कर्ण शर्मा, मनोज भन्डगे, मयनक डागर, विजय कुमार वैशाख, आकाश दीप, मोहम्मद सिराज, रीसे टपली, हिमान्शु शर्मा, राजन कुमार, क्यामरन ग्रीन, अल्जारी जोसेफ, यश दयाल, टम करन, लकी फग्र्युसन, स्वपनील सिंह, सौरभ चौहान

प्रकाशित: ९ चैत्र २०८० ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App